मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना

भद्रपुर । जिल्ला प्रसाशन कार्यालय झापाले मास्क नलगाई हिँड्नेलाई सय रुपैयाँ जरिवाना गर्ने भएको छ । कजिल्ला कोरोना संक्रमण व्यवस्थापन कमिटी झापाको आज बसेको बैठकले मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो । प्रसाशनले जरिवाना तिर्नेलाई रसिद दिने र संकलित जरिवाना राजश्वमा दादिला गर्ने निर्णय समितिले गरेको छ ।