झापाका १५ वटा स्थानीय तह मध्ये गौरादह नगरपालिकामा सबै भन्दा बढी बेरूजु
भद्रपुर । झापाका १५ वटा स्थानीय तह मध्ये गौरादह नगरपालिकामा सबै भन्दा बढी बेरूजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५७ औं वार्षिक प्रतिवेदन अनुसार गौरादह नगरपालिकामा ५ दशमलव २० प्रतिशत वेरूजु देखिएको हो । झापाका स्थनीय तह मध्ये प्रदेश एकमा नै सवै भन्दा कम बेरुजु भएको मेचीनगर नगरपालिका रहेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार, मेची नगरपालिकाको बेरूजु प्रतिशत शून्य दशमलव ०३ प्रतिशत मात्र छ । मेचीनगरको कुल रकम रु २ अर्ब ६४ करोड ३१ लाख २ हजार रुपैयाको ०.०३ प्रतिशत रकम अर्थात ८ लाख ९३ हजार रुपैंया मात्र बेरुजु देखिएको छ । महालेखा परीक्षकका अनुसार प्रदेश नं. १ का अन्य जिल्लाको तुलनामा झापाका स्थानीय तहहरूमा बेरूजू कम देखिएको छ ।
त्यसैगरी झापाका १५ वटा स्थानीय तहहरू मध्ये, कन्काईको शून्य दशमलव १७ प्रतिशत, गौरीगंज गाउँपालिकाको २ दशमलव ०९ प्रतिशत, अर्जुनधाराको शून्य दशमलव ६० प्रतिशत, कचनकबलको शुन्य दशमलव ४७ दशमलव, बाह्रदशीको शून्य दशमलव ९३ प्रतिशत रहेको छ । त्यसैगरी भद्रपुर नगरपालिकाको २ दशमलव २१ प्रतिशत, शिवसताक्षी नगरपालिकाको १ दशमलव ५ प्रतिशत, विर्तामोड नगरपालिकाको १ दशमलव ५३ प्रतिशत, कमल गाउँपालिकाको १ दशमलव ०९ प्रतिशत, बुद्वशान्ति गाउँपालिकामा १ दशमलव ३६ प्रतिशत, हल्दिबारी गाउँपालिकामा १ दशमलव ०५ प्रतिशत, दमक नगरपालिकामा १ दशमलव ५० प्रतिशत, झापा गाउँपालिकामा १ दशमलव १६ प्रतिशत वेरूजु देखिएको छ ।
महालेखा परिक्षकको ५७ औं वार्षिक प्रतिवेदनमा प्रदेश १ का १४ वटा जिल्लाका १३७ स्थानीय तहहरूको लेखा परिक्षण गरिएको १ खर्ब १३ करोड ९८ लाख ६४ हजार मध्ये १० अर्ब ९८ करोड ४२ लाख २५ हजार बेरूजु देखिएको हो । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुन बमोजिम रित नपुर्याई कारोवार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोवार गरेको खण्डमा गरिएको कारोवारलाई महालेखाले वेरूजु देखाउने गरेको छ ।