इस्टु प्रदेश १ ले बृहत र्‍याली सहित मुख्यमन्त्रीलाई बुझायो ज्ञापनपत्र

विराटनगर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) प्रदेश नम्बर १ ले विराटनगरमा बृहत् प्रदर्शन गर्दै मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

स्थानीय स्तरबाट सुरू गरिएको आन्दोलनको सुनुवाइ नभएपछि संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले भोकमरीबाट बाँच्न बृहद् प्रदर्सन सहित मुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुझाएको हो ।

प्रदर्शनका क्रममा शिक्षक कर्मचारीले इस्टुले उधारो सम्झौता गर्दैन । कुनै महिनाको तलब छोड्दैन । भोकै जीविका चल्दैन । हामीलाई भिख चाहिँदैन । बालबच्चा भोकै पार्न पाइँदैन । सरकार तिमी कहाँछा ै? कर हामी तिर्ने गरेका छौं । राज्यको दाइत्व पूरा गर । राज्यबाट निजी विद्यालयलाई अराजक हुन नदेऊ लगायत नारा लेखेकेका प्लेकार्ड बोकेर हज्जारौं शिक्षक कर्मचारीले सडक प्रदर्शन गरेका थिए ।

संधै निशेधित क्षेत्र तोकेको स्थानमा शिक्षक कर्मचारीले मुख्यमन्त्रीको कार्य कक्ष प्रवेश गेटसम्म जुलुस प्रदर्शनमा कुनै रोक लगाइएको थिएन । प्रदेश इन्चार्ज ,प्रदेश अध्यक्ष ,जिल्ला अध्यक्षहरुलाई उच्च प्रहरी अधिकृतहरुले मुख्यमन्त्रीको कार्यलयमा उच्च स्वास्थ्य निगरानी सहित पुर्याएका थिए भने ¥यालिलाई सडक छेउका घरहरू र बाटामा बस्ने सयौं मानिसहरूले तालिले स्वागत गरेका थिए ।