प्रधानमन्त्रीलाई प्रश्‍न लकडाउनको गल्ती हिजो भयो कि आज ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाको दर दुई अंकको हुँदा लकडाउन र संक्रमित २० हजार पुग्न लाग्दा खुल्ला गरेर कुन बेला गल्ती भयो समीक्षा गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । सरकारले मंगलबार रातिदेखि लकडाउन खुल्ला गर्ने निर्णय गरेसँगै शर्माले ट्वीटरमा लेखेर प्रधानमन्त्रीलाई प्रश्न गरेका हुन् । ‘लक डाउन र खुला । हिजो गल्ती कि आज ?’प्रधानमन्त्रीलाई मेन्सन गर्दै शर्माले लेखेका छन्, ‘लक डाउन गर्दा सबैले सरकारलाई सघायौं,फरक मत राखेनौँ अब समीक्षा गरौं । संक्रमित २० हजार पुग्न लाग्दा खुला गर्न सकिन्छ भने संक्रमित केवल दुई हुँदा लक डाउन गरेर हामीले सहि गरेका रहेछौँ कि गल्ती ?’