राँगासँग मोटरसाइकल ठोक्किएर मृत्यु
झापा । शनिवार मध्यराति केर्खामा राँगासँग मोटरसाइकल ठोक्किएर भएको दुुर्घटनामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)को गौरीगञ्ज शाखाका प्रमुख प्रदीप लम्सालको मृत्यु भएको छ । २७ वर्षीय लम्साल झापा गाउँपालिका वडा नं ६ का बासिन्दा हुन् । दुर्घटनामा उनीसँगै मोटरसाइकलको पछाडि सवार एनएमसी शिवगञ्ज शाखाका प्रमुख धर्मेन्द्र सुबेदी गम्भीर घाइते भएका छन् । घाइते सुबेदीलाई उपचारका लागि विराटनगरको नोवेल हस्पिटलमा भर्ना गएिको छ ।
शनिवार राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको अवस्थामा उनीहरु चढेको मे१०प ९८२६ नम्बरको मोटरसाइकल केर्खास्थित राजमार्गमा उभिएको राँगासँग ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका लम्साललाई स्थानीय प्रहरीले तत्कालै उपचारका लागि दमकको लाइफलाइन हस्पिटल लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएकोे जनाइएको छ ।