झापामा आज एक जना संक्रमित थपिए

भद्रपुर । झापामा आज एक जना कोरोना संक्रमित भेटिएकाछन् । भारतबाट फर्किएका मेची नगरपालिका वडा नम्बर १ का २१ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवालाई उपचारका लागि मोरङको गोठगाउँ पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जाकारी दिए ।

यो सँगै झापामा संक्रमितको संख्या ३ सय १३ पुगेको छ ।