इस्टुको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक संगठनको समर्थन

भद्रपुर । प्याब्सन तथा एन-प्याब्सनको गैर-कानूनी निर्णय बिरूद्ध संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) ले सुरू गरेको आन्दोलनप्रति एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, निजी विद्यालय विभाग झापाले ऐक्यबद्धता जनाएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन निजी विद्यालय विभाग झापाका संयोजक राजु वरालले प्रेस विज्ञप्ति जारी गर्दै श्रम ऐन तथा नेपालका कुनै पनि कानूनले नगरेको बेतलवी सामुहिक विदा लगायतका गैर-कानूनी निर्णय बिरूद्धको युनियनको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् ।

कोरोना संक्रमणले निजी विद्यालयका शिक्षक, कर्मचारीहरूको दैनिकी जटिल बनिरहेको अवस्थामा प्याब्सन, एन-प्याब्सनले साउन १ गतेदेखि बेतलवी विदा दिने निर्णयप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब सो निर्णय सच्याउन र निजी विद्यालयका शिक्षक कर्मचारीलाई तलब दिने वातावरण बनाउन माग गरिएको छ ।