राजीनामा दिन्न बरु मध्यावधिमा जान्छु : प्रधानमन्त्री ओली

अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक नपाए पार्टी बिभाजन : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीभित्र देखिएको शक्ति संघर्ष टुंगिने नदेखिएपछि नेकपा विवाद केन्द्रीय कमिटी बैठक र त्यसका एजेन्डातिर मोडिएको छ । यसैका लागि शुक्रबारको स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार पनि अध्यक्षद्धयको बैठक बस्यो । हिजोको बैठकमा पनि प्रधानमन्त्रीसँग राजीनामा मागियो ।

प्रधानमन्त्री के पी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’सँग आफूले राजीनामा नदिने, तर राजीनामा दिनपर्ने अवस्था आए बरु मध्यावधि निर्बाचनमा जाने बताएको स्रोतले बताएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भने प्रधानमन्त्री ओलीलाई राजीनामा दिनुपर्ने र आफूलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा नपाए पार्टी बिभाजनमा लाने बताएको जनाइएको छ । दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच लामो संवादपछि पनि सहमति नभएपछि बिहीबार वरिष्ठ नेता माधवकुमार नेपाल सहितको बैठक बसेको थियो । त्यस बैठकमा पनि दुवै पक्षले आआफ्नो अडान राखेपछि कुनै सहमति जुट्न सकेको थिएन । —डेमो खवर