लकडाउनको समयमा आत्महत्याको घटनामा वृद्धि

बिर्तामोड । झापाको सबैभन्दा ठूलो व्यापारिक केन्द्र बिर्तामोडमा लकडाउनको समयमा आत्महत्याको घटनामा वृद्धि भएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार लकडाउनको समयमा १७ जनाले आत्महत्या गरेका छन् ।

जसमा ९ पुरुष र ८ महिला रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए । उनका अनुसार वर्षभरमा सबैभन्दा धेरै लकडाउनको समयमा आत्महत्या भएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा २७ जनाले आत्महत्या गरे । जसमध्ये १७ जनाले लकडाउनकै अवधिमा गरेका हुन् । यद्यपि अघिल्लो आर्थिक वर्ष २०७५र०७६को तुलनामा गत आर्थिक वर्षमा आत्महत्या गर्नेको संख्यामा कमी आएको छ ।

अघिल्लो आर्थिक वर्षमा ८८ जनाले अत्महत्या गरेका थिए भने गत आर्थिक वर्षमा २७ जनाले मात्र आत्महत्या गरेको प्रहरीले जनाको छ । ‘मानसिक तथा आर्थिक समस्याका कारण आत्महत्या गर्नेको संख्या बढ्यो’, डीएसपी रिजालले भने, ‘यद्यपि हामीले जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइरहेका छौँ ।’