३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा
चारपाने । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था झापाले उसका ऋणि सदस्यहरुलाई ३ करोड ४५ लाख रुपैयाँ व्याज मिनाहा गरेको छ । कोरोना भाइरस संक्रमणको सन्त्रासका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेपछि सदस्यहरुको आर्थिक गतिविधि न्यून भएको महसुस गरी २०७७ असार मसान्तसम्म ऋणको पाकेको व्याजमा १० प्रतिशत छुट गरेको हो । संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले आज प्रेस विज्ञप्ती प्रकाशन गरी सो अवधिमा बचत तथा ऋण कुनैमा पनि हर्जना र जरिवाना नलिइएको तथा ऋणको किस्ता स्वेच्छिक रुपमा बुझाउन सकिने व्यवस्था गरिएको जनाएका छन् ।