नेपालमा आज ५७ जना कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १७ हजार ५०२ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ५७ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा तीन हजार ३३१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । अहिले क्वारेन्टाइन २३ हजार २७५ जना छन् । आइसोलेसन पाँच हजार ८२५ जनाको उपचार भइराखेको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म ११ हजार ६३७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १०३ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ६६.१२ प्रतिशत हो ।

मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका छ जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, मनाङ, मुस्ताङ र हुम्ला गरी छ जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, कैलाली र बाजुरा रहेका छन् ।