झापामा २ जना संक्रमित भेटिए
भद्रपुर । झापामा आज एक जना कोरोना संक्रमित भेटिएकाछन् । साउदी अरबबाट फर्किएका कमल गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमित युवालाई उपचारका लागि मोरङको गोठगाउँ पठाइएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जाकारी दिए ।
यसैगरी सिक्किमबाट फर्किएका बुद्धशान्तिका अर्का २२ वर्षीय युवामा शुक्रबार संक्रमण पुष्टि भएको थियो । यो सँगै झापामा संक्रमितको संख्या ३ सय १२ पुगेको छ ।