नेपालमा आज १४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपालमा आज थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १६ हजार ९४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन १ सय ४४ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
थपिएका संक्रमितहरु झापा ४, मोरङ १, सुनसरी १, सप्तरी १, धनुषा ११, महोत्तरी ४, धनुषा १६, काठमाडौँ ३, कपिलस्तु ८, भक्तपुर १, ललितपुर ५, काभ्रेपलान्चोक १, म्याग्दी १, दोलखा १, मकवानपुर १, रौटहट ९, सिन्धुली १, बाग्लुङ २, म्याग्दी १, पर्वत १, स्याङजा १, तनहुँ २, कपिलस्तु १, बर्दिया २, दाङ २, रुकुम पश्चिम २, बाँके १, दैलेख २, जाजरकोट १, सुर्खेत ४१, बझाङ २, बैतडी २, अछाम १ र कैलालीमा १ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामार्फत पाँच हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन् भने छ हजार ६ सय १३ जनाको आइसोलेसनमा उपचार भइराखेको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म दश हजार ७ सय ५ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या एक हजार २ सय ९४ रहेको छ । प्रवक्ता गौतमका अनुसार यो संख्या कुल संक्रमितमध्ये ६० दशमलव ७ प्रतिशत हो ।
मन्त्रालयका अनुसार कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ । ७७ जिल्लामै फैलिएको कोरोना संक्रमणबाट देशभरका पाँच जिल्ला संक्रमण मुक्त भएका छन् । मन्त्रालयका प्रवक्ता गौतमका अनुसार धनकुटा, भोजपुर, मनाङ, मुस्ताङ र हुम्ला गरी पाँच जिल्ला कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।