झापामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि
भद्रपुर । झापामा आज ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमितको कुल संख्या तीन सय ५ पुगेको छ । संक्रमण पुष्टि हुनेमा गौरिगञ्ज गाउँपालिकाका तीन जना र दमक नगरपालिकाका एक जनामा संक्रमित भएका छन् । भारतबाट फर्किएका उनीहरु स्थानीय क्वारेन्टिनमा बसेका थिए ।
गौरीगञ्जका संक्रमण पुष्टि हुनेमा वडा नं ६ का २ र वडा नं ५ का एक जना रहेकाछन् । उनीहरुलाई उपचारका लागि गोठगाउँ लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । संक्रमण मुक्त भई घर फर्कनेको संख्या झापामा २११ रहेको फोकल पर्सन चम्लागाईले जानकारी दिए ।