भारी वर्षादले झापामा एक सय ७२ परिवार विस्थापित

भद्रपुर । लगातारको वर्षका कारण झापामा एक सय ७२ परिवार विस्थापित भएका छन् भने २ जनाले ज्यान गुमाएको अवस्था छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको विवरण अनुसार झापाका कनकाइ, बिरिङ, माई, पालिया खोलाका कारण १ सय ७२ घर परिवार विस्थापित भएका हुन् । त्यसैगरी बिरिङ र मेची नदीमा नुहाउने क्रममा दुई जनाको ज्यान गएको छ ।

सवै भन्दा बढी परिवार झापा गाउँपालिकामा १ सय ७, गौरीगञ्ज ४५, मेची नगरमा ९, शिवसतासीमा ११, घरपरिवार विस्थापित हुँदा हजार बढी व्यक्तिहरू प्रत्यक्ष प्रभावित भएको झापा प्रहरीले जनाएको छ । विस्थापित परिवारका सवैजनालाई स्थानीय विद्यालय, सामुदायिक भवन लगायत स्थानमा सुरक्षित स्थानतरण गरिएको प्रहरीको भनाइ छ ।