जिल्ला प्रशासन कार्यलयमा नि:शुल्क चिया
भद्रपुर । नेपाल चिया उत्पादक संघले जिल्ला प्रसाशन कार्यालय झापाका कर्मचारी तथा सेवाग्राहीका लागि नि:शुल्क चिया पिउने सामग्री हस्तान्तरण गरेको छ । नेपाल चिया उत्पादक संघका उपाध्यक्ष आदित्य पराजुली, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल र उपाध्यक्ष दीपेश ढकालले झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानालाई टी ब्याग र पानी तताउने मेशिन आज हस्तान्तरण गरेका छन् ।
संघले टी ब्याग र डिस्पोजल कपकोसमेत नियमित व्यवस्था गर्ने उपाध्यक्ष पराजुलीले बताए । प्रजिअ रानाले उत्पादक संघलाई धन्यवाद दिएकाछन् ।