मास्क नलगाइ हिँडेनेलाई कारबाही

दमक । मास्क नलगाइ हिँडेको आरोपमा तीन दिनमा एक हजार बढीलाई जिल्ला प्रहरी कार्यालय झापाले कारबाही गरेको छ । सदरमुकाम भद्रपुरसहित दमक, धुलाबारी, अनारमनी, झिलझिले, काँकरभिट्टा लगायतका क्षेत्रमा गएको तीन दिनका अवधिमा गरिएको छड्के अनुगमनमा मास्क नलगाइ हिँड्ने १ हजार ६८ जनालाई कारबाही गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार विभिन्न ठाउँमा राखिएका चेकपोइन्टमा खटिएका प्रहरी टोलीले ८ सय ४६ पुरुष र ३ सय २२ महिलालाई कारबाहीको दायरामा ल्याएका छन् । मास्क नलगाउने मध्ये कतिपयलाई १५ मिनेट होल्ड गरेर विफ्रिङ गर्नुका साथै कतिपयलाई प्रहरीले मास्क समेत वितरण गरेको छ । केहीलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार जरिवाना पनि तिराइएको प्रहरीले जनाएको छ । यही अवधिमा सवारीमा लकडाउन उल्लंघन गरेको अभियोगमा ९८ वटा सवारीसाधन पनि कारबाहीमा परेका छन् । उनीहरुले जोर–विजोर सम्बन्धी नियमको पालना नगरेको भनिएको छ ।