समाचारस्थानीय

बिरिङ खोलाले बगाएर मृत्यु

बिर्तामोड । झापामा एक जना पुरुषलाई मलामी जाँदा खोलाले बगाएको छ । झापा गाउँपालिका वडा नं. ५ मा मलामी गएका ३५ वर्षीय राजेश गणेशलाई बिरिङ खोलाले बगाएर मृत्यु भएको हो । उनको मलामी नुहाउने क्रममा खोलामा पौडी खेल्दा शनिवार दिउँसो खोलाको बाढीले बगाएको थियो । खोलाले बगाएर वेपत्ता भएका गणेशलाई घटनास्थलबाट ३ किलोमिटर दक्षिण बाह्रदशी गाउँपालिकाको वडा नं. २ मा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश थापाले जानकारी दिएका छन् ।