नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ
भद्रपुर । झापाबाट ७५ हजार रुपैयाँ बराबरको नक्कली भारतीय रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । भारु पाँच सय रुपैयाँका नोटसहित दुई जना व्यक्ति पक्राउ परेका हुन् । पक्राउ परेका मध्ये एक जना कनकाई नगरपालिका–३, सुरुङ्गाका सुन व्यवसायी मौसम श्रेष्ठ हुन् भने अर्का व्यक्तिको परिचय भने प्रहरीले खुलाइसकेको छैन । अर्का झापा गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रका व्यक्ति भएको बुझिएको छ ।
झापाका प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई खोटाचलन सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्ने तयारी भइरहेको छ बरामद नोटमध्ये तीन वटा नोटसम्ममा एउटै नम्बर भेटिएको छ । पक्राउ परेका अर्का व्यक्तिले बयानमा डेढ लाख रुपैयाँ नक्कली नोट रहेको खुलाएका छन् । बरामद भए बाहेकको रकम खर्च भइसकेको हुनसक्ने बताइएको छ ।
श्रेष्ठहरुले ल्याएको नोट कहाँबाट आएको भन्ने खुलिसकेको छैन । प्रहरीको भनाई अनुसार श्रेष्ठ सुरुङ्गा क्षेत्रका मिटर ब्याजी पनि हुन् । यस विषयमा पनि प्रहरीले अनुसन्धान गरिररहेको स्रोतको भनाइ छ ।