झापामा बाढीको डुवानमा परि २२ परिबार बिस्थापित
भद्रपुर । अविरल बर्षाका कारण दक्षिणी झापाका बिभिन्न स्थनीय तहमा बाढीको डुवानमा परि २२ परिबार बिस्थापित भएकाछन् । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको आपत्कालिन कार्य संचालन केन्द्रका फोकल पर्सन हरिचरण खँडकाले दिएको जानकारी अनुसार, बिस्थापित भएका परिवारहरुमा, झापा गाउँपालिका वडा नं. ७ मदरगछा बस्तिका १४ परिबार, सोही गाप वडा नं. १ सालमारा बस्तिका ७ परिवार र कचनकवल गाउँपालिका वडा ४ को एक परिवार बिस्थपित भएकाहुन् । झापा गाउँपालिकामा कनकाइ नदीमा आएको बाढीका कारण डुवानमा परि बिस्थापित भएकाहुन् भने कचनकवल गाउँपालिकामा स्थानीय खोला नालाबाट आएको बाढले डुवानमा परि बिस्थपित भएकाहुन् ।
डुवानमा परि बिस्थपित भएका मध्ये झापा गापका १४ परिवारलाइ स्थानीय जनकल्यान माबिमा र सात परिवारलाइ सालमारा प्राबिमा रखिएको छ भने कचनकवलगापका एक परिवार आफन्तकामा शरण लिएका खँडकाले बताए । बिस्थपितलाइ स्थनीय तहले नै आवश्यक ब्यवस्था मिलाउने तय भएको खँड्काले जनाएकाछन् ।
यसका अतिरिक्त, कनकाइ नदीमा आएको बाढीले गौरीगंज गाउँपालिकाको १ र २ नं. वडाका ४९ परिवार, झापा गापका १७० परिवार,शिवसताक्षी नगरपालिका १ र ६ नं.वडाका १५ परिवार, कचनकवलका ५० परिबार र भद्रपुर नगरपालिकाका वडा ३ र ८का २८ परिवार डुवानमा परेका भएपनि उनीहरुले घर नछाडेका खँड्काले बताएकाछन् ।
आज बिहान करिव ११ बजेदेखि बर्षाहुन रोकिएकाले डुवन क्षेत्रको पानीको स्तर घट्दै गएको जनाइएको छ ।