छोटो दूरीको सार्वजनिक यातायात खुला, भाडा दोब्बर संचालनको मिति भने तोेकिएके छैन

काठमाडौँ । सरकारले ५० प्रतिशत भाडा बढी लिएर काठमाडौंको हकमा उपत्यका भित्र र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने भएको छ । सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बिहिवार गरेको प्रेस ब्रिफिङमा सुरक्षाका मापदण्ड पूरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न सकिने बताएका छन् । मन्त्री खतिवडाले संचालनको मिति भने तोकेका छैनन् । तर, ट्याक्सी भने तत्कालै चल्न सक्ने बताएका छन् ।

ट्याक्सीमा चालकबाहेक २ जना मात्र चढ्न पाउनेछन् भने सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने चालक र सहचालकले मास्क, भाइजर र पञ्जा लगाउनु पर्नेछ । सवारी साधन प्रत्येक दिन निसंक्रमण पनि गर्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनु पर्नेछ ।