अमेरिकाले दिने ५४ अर्ब ऋण स्वीकार गर्ने सरकारको निर्णय
विश्व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण पनि लिने
काठमाडौं । मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । आज सार्वजनिक गरिएको मन्त्रिपरिषद् निर्णयमा यसबारे जानकारी दिइएको हो । सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ । सो रकमबाट देशभरीका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धि काम अघि बढ्ने प्रवक्ता डा खतिवडाले बताए । यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ ।