आज झापामा थपिए ६ जना संक्रमित
भद्रपुर । साउदी अरब र भारतबाट फर्किएका झापाका ६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट फर्किएर मेचीनगरको क्वारेन्टिनमा बसेका ५ जना र साउदी अरबबाट फर्किएर बिर्तामोडको क्वारेन्टिनमा बसेका १ जनामा संक्रमण देखिएको हो । मेचीनगरका ५ मध्ये एक जना महिला र पाँच जना पुरुष हुन् । बिर्तामोडका संक्रमित पनि पुरुष भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
यो सँगै झापामा संक्रमतको संख्या २ सय ९६ पुगेको छ । भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४७, बिर्तामोड ६, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १९, बाह्रदशी ९ र झापा गाँउपालिकामा २ जना पुगेको छ ।