माक्स नलगाए दण्डमा परिएला है !

झापा । गृह मन्त्रालयद्वारा घरबाहिर निस्कँदा अनिवार्य माक्स लगाउनु पर्ने सूचना जारी गरेपछि झापामा माक्स लगाउन नमान्ने बिरूद्ध प्रहरी कडा रूपमा प्रस्तुत भएको छ ।
गृह मन्त्रालयले सोमबारदेखि माक्स नलगाई घर बाहिर निस्किएमा मातहतका निकार्यलाई कारवाही गर्न निर्देशन गरेसंगै मंगलबार विहानैदेखि झापाका विभिन्न ठाउँमा प्रहरीले माक्स नलगाई हिड्ने नागरिकलाई रोकेर माक्स लगाउन बाध्य बनाएको हो ।

प्रहरीले पूर्व पश्चिम सडक खण्डदेखि विभिन्न भित्री सडकसम्म सवारी साधनमा सवार तथा पैदल यात्रीलाई समेत रोकेर माक्सको महत्वबारे जानकारी गराउँदै कोरोना भाइरसबाट बच्न माक्स अनिवार्य रूपमा लगाएर हिड्न आग्रह गरिरहेका छन् । पहिलो पटक सम्झाउने त्यसपछि पनि अटेर गरे दण्ड जरिवाना तिराउने नीतिमा प्रहरी प्रशासन लागेको जनाइएको छ ।