झापामा सोमबार चार जनामा कोरोना संक्रमण पुष्टि
भद्रपुर । झापामा सोमबार चार जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै झापामा संक्रमितको कुल संख्या २८९ पुगेको छ । भारतबाट फर्किएका मेचीनगर र गौरिगञ्जका एक एक जना र दुबई र साउदी अरबबाट फर्किएका बिर्तामोडका दुई जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
झापाको भद्रपुरमा संक्रमितको संख्या ६, मेचीनगर ४२, बिर्तामोड ५, कनकाई ११, अर्जुनधारा १३, दमक ८, गौरादह ११, शिवसताक्षी ३, बुद्धशान्ति १६, हल्दिवारी ११, कचनकवल १३३, कमल १, गौरीगञ्ज १९, बाह्रदशी ८ र झापामा २ जना पुगेको छ । झापामा कुल संक्रमित मध्ये १९७ जना निको भएर घर फर्कीएका छन् भने संक्रमणबाट झापामा कसैको पनि मृत्यु भएको छैन ।