नेपालमा आज कोरोना संक्रमित २९३ थपिए
काठमाडौँ । नेपालमा थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या १५ हजार ७८४ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन २९३ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइन ३१ हजार पाँच सय ७३ जना रहेका छन् । ९ हजार दुई सय ३ जनाको भने आइसोलेसनमा उपचार भइराखेको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ६९४, प्रदेश २ मा चार हजार १६०, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा १ हजार १४२, प्रदेश ५ तीन हजार ९६८, कर्णाली प्रदेशमा एक हजार ५७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डा गौतमका अनुसार नेपालमा कोरोना संक्रमण भएर निको हुनेको कुल संख्या हालसम्म छ हजार ५४७ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण मुक्त हुनहरुको संख्या १३२ रहेको छ ।
नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।