ब्राउनसुगरसहित तीन जना पक्राउ
दमक । झापाको दमक नगरपालिकाबाट ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति १० बजे उनीहरुलाई १७ ग्राम बाउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएकाछन् ।
पक्राउ पर्नेहरुमा दमक–५ मा डेरा गरी बस्दै आएका दमक–९ का ३२ वर्षीय रविन कुवर, इलाम घई भई दमक–५ मा बस्दै आएकी १९ वर्षीया मनिसा राई र ताप्लेजुङ घर भई दमक–८ बस्ने २२ वर्षीया सम्झना राई श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।