झापामा आज थपिए २८ जना संक्रमित

भद्रपुर । झापामा आज २८ जना संक्रमित थपिएका छन । योसगैं झापामा संक्रमितको संख्या दुइ सय ७८ पुगेको छ । यी मध्ये १ सय ७२ जना निको भएर घर फर्किएकाछन् भने संक्रमणबाट झापामा कसैको पनि मृत्यु भएको छैन । झापामा आज थपिएका २८ जना कोरोना संक्रमितसँगै झापामा संक्रमित संख्या २ सय ७८ पुगेको हो ।

आज थपिएका संक्रमितहरुमा मेचीनगर नगरपालिकाको राधास्वामी क्वारेन्टिनमा बसेका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मेचीनगरमा योसँगै संक्रमित संख्या ४१ पुगेको छ । यसैगरी अर्जुनधाराका २ जना महिलासहित ८ जना, हल्दिबारीका ३ जना पुरुष, कनकाईका १ जना महिलासहित २ जना र बिर्तामोडकी १ महिलामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । यी सवै भारत लगायत बिभिन्न विदेशी मुलुकबाट आएका चम्लागाईले बताएकाछन् ।