प्रधानमन्त्रीले सहमतिविपरीत संसद अधिवेशन अन्त्य गर्नुभयो : नारायणकाजी श्रेष्ठ

काठमाण्डौं । संसद अधिवेशन प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँगको समझदारीविपरीत अन्त्य गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएकाछन् । आज बिहान प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद बैठक नबस्ने र संसद अधिवेशन अन्त्य नगर्नेबारे समझदारी भए पनि प्रधानमन्त्री समझदारीविपरीत अघि बढेको प्रवक्ता श्रेष्ठले बताए ।

‘आज मन्त्रिपरिषद बैठक नबस्ने समझदारी दुई अध्यक्षबीच आज बिहानको छलफलमा भएको रहेछ । तर मन्त्रिपरिषदले संसद अधिवेशन अन्त्य गर्यो । यसबारे पनि आजको स्थायी कमिटीमा छलफल भयो,’ उनले भने । आजको स्थायी कमिटीमा केशव बडाल र अमृत बोहराले धारणा राखेका थिए । उनले स्थायी कमिटी बैठक शनिबार ११ बजेसम्मका लागि स्थगित भएको बताए ।

बिहीबारको मन्त्रिपरिषद बैठक संसद अधिवेशन अन्त्य गरेपछि प्रधानमन्त्री ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको आशंका गरिएको थियो । सोही आशंका भएर नेकपा अध्यक्ष प्रचण्ड पनि जारी स्थायी कमिटी बैठक रोकेर राष्ट्रपतिलाई भेट्न शितल निवास गएका थिए राष्ट्रपति र प्रधानमन्त्री दुबैले अध्यादेश आउँदैन भन्नुभएको छ,’ नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।