झापामा संक्रमितको संख्या २२४ पुग्यो

भद्रपुर । आज झापामा कोरोना संक्रमित एक जना पनि नभएका फोकल पर्सन जीवन चौलागाईंले बताएका छन् । उनका अनुसार झापामा हिजो एक महिनाकी सुत्केरी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी हल्दिबारी गाउँपालिका ५ कि स्थायी बासिन्दा हुन् । संक्रमित पुष्टि भएकी सुत्केरी महिला भारतबाट आएकी हुन् ।

नवजात शिशुको रिपोर्ट नेगेटिभ रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिए । सुत्केरी सहित अर्की एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनी हल्दिबारी १ की महिला हुन् । उनी कुवेतबाट घर फर्केकी हुन् । दुवै जना हल्दिबारी हेल्थपोष्ट क्वारेन्टाइनमा बसेका थिए । सुत्केरी महिला २० र अर्की महिला २९ वर्षीया हुन् । संक्रमित दुवैलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । झापा योसँगै संक्रमितको संख्या २२४ पुगेको छ ।