सन् २०२०/०२१ लागि अध्यक्षमा युवा उद्यमी आदित्य पराजुली

भद्रपुर । रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ नेपाल भूटानअन्तर्गतको रोटरी क्लव अफ भद्रपुरको सन् २०१९/२० को अन्तिम क्लव एसेम्ब्ली सम्पन्न भएको छ । सन् २०२०/०२१ लागि अध्यक्षमा युवा उद्यमी आदित्य पराजुलीले जिम्मेवारी सम्हाल्नेछन् । विश्वव्यापी महामारी कोरोना भाइरसको जोखिम कायमै रहेको वर्तमान अवस्थामा भीडभाड नगरी भौतिक दूरी कायम राखेर एसेम्ब्ली सम्पन्न गरिएको हो ।

संस्थाका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा सम्पन्न एसेम्ब्लीले सन् २०२०÷०२१ को कार्यसमितिको नामहरु छलफलबाट पारित गरेको छ । यसैगरी, टिकाराज ढकाल इमिडियट पास्ट प्रेसिडेन्ट, विगत ओझा प्रेसिडेन्ट इलेक्ट, सन्तोष पोखरेल प्रेसिडेन्ट इलेक्ट, इश्वर अधिकारी सेक्रेटरी, पवन श्रेष्ठ कोषाध्यक्ष पदको जिम्मेवारीमा रहनेछन् भने डाइरेक्टर क्लव एडमिनिष्ट्र«ेशनमा लोकबन्धु ढुंगाना, डाइरेक्टर मेम्बपरसीपमा राजकुमार पोखरेल, पब्लिक रिलेशन डाइरेक्टरमा प्रदीप सरावगीको भूमिका रहनेछ । यसैगरी, रोटरी फाउण्डेशन चेयरमा विनोद चापागाईं, सर्भिस प्रोजेक्ट चेयरमा किशोर पराजुली र साजेन्ट एट आम्र्सको भूमिकामा दिपेश डकाल रहने बताइएको छ ।

एसेक्ब्लीमा सन् २०१९र०२० मा क्लवले गरेका सामाजिक क्रियाकलापको समीक्षा गरिएको थियो भने यस वर्ष गरिने कामका बारेमा छलफल भएको सन् २०२०र०२१ क सेक्रेटरी इश्वर अधिकारीले जानकारी दिए । सहज परिस्थितिका बीच रोटरीको अन्तर्राष्ट्रिय विधान अनुसार पद हस्तान्तरण समारोह गरिने पनि अधिकारीले बताए ।