झापामा लिम्वुवानको बिरोध र्‍याली

कमल । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालले जजारकोट हत्याकाण्डसहित एमसीसी, भ्रष्टाचार र भारतले देशको सिमा मिचेकोे बिराधमा झापाको कमलस्थित केर्खाचौकमा कोण सभा गरेको छ ।

पहिचानको आधारमा १०१ प्रान्तहरु हुनुपर्छ भनेर लिम्बुवान आन्दोलनलाई उठान र नेतृत्व गर्दै आएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले जाजरकोट हत्याकाण्डको विरोध जनाउदै एमसीसी बारे गोलमेच सम्मेलन गर्न, कोरोनाले देश आक्रन्त भएको बेला जनप्रतिनिधिहरुबाट भ्रष्टाचारले देशको अर्थतन्त्र नै धरासयी बनाएको र भारतको हेपाहा प्रवृत्तिसँगै देशको विभिन्न ठाउँमा सिमा मिचेर बस्दा पनि सरकार मौन रहेको भन्दै दबाबमुलक खबरदारी गरिएको हो ।

प्लेडकार्ड प्रर्दशन पछि आयोजित संक्षिप्त कोणसभामा मञ्चका केन्द्रिय उपाध्यक्ष ज्ञानु ईम्बुङ्गले जाजरकोट–रुकुम जातीय नरसंहारको दोषीहूलाई कडाभन्दा कडा सजाय गरिनु पर्ने, सधैको लागि जातीय विभेद अन्त्य गर्न १३.८ प्रतिशत दलित शिल्पी समुदायलाई गैरभौगोलिक प्रान्त प्रदान गर्नु पर्ने र तीन महिनाको लकडाउनमा १५ सय भन्दा बढी नेपालीले आत्महत्या गर्न बँध्य हुनुपरेको घटनाले सिंगो देशको स्वाभिमानमा नै हिनताबोध आएको भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी बर्तमान सरकारले लिनु पर्ने जिकीर गरे । उनले प्रवासमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने र क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिनु पर्ने, एमसीसीको बारेमा गोलमेच सम्मेलन मार्फत सबै राजनैतिक दललाई सहभागि गराउन माग समेत गरे ।

त्यसैगरि कोणसभामा मञ्चका केन्द्रिय उपमहासचिब तथा झापा जिल्ला इंचार्ज भानु भट्टराईले सरकारी जागिरलाई पूर्ण समानुपातिक गरिनु पर्ने, आर्य र खसको क्लष्टर अलग गरेर १७ प्रतिशत खस क्षेत्रीहरुको अधिकार सुनिश्चित गर्नु पर्ने, हत्या, हिंसा, महंगी, बलात्कार, भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने सरकारले तुरुन्तै राजीनामा दिनु पर्ने बताएका छन् ।