झापामा बाढीको त्रास

भद्रपुर । लगातारको वर्षासँगै झापाका विभिन्न नदीमा पानीको वहाव बढेसगै स्थानीयमा त्रास बढेको छ । जिल्लाकै ठुलो कनकाई नदीको बाँध कटान सुरु गरेपछि प्रहरी र स्थानीयद्वारा अस्थायी तटबन्ध सुरु गरिएको छ । कनकाई नदीले झापा गाउँपालिका–७ मा रहेको २२ सय मिटर लामो जनता तटबन्धनमा क्षति पुर्याउन थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले तटबन्धमा मर्मत सम्भार र बाँसको अस्थायी बाध बाध्न सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । । जिल्लाको सबैभन्दा ठुलो नदी कनकाई माईले हरेक वर्ष वर्षाममा ठुलो क्षति पुर्याउदै आएको छ र दुई बर्ष पहिले मात्रै सो क्षेत्रमा वाढी पस्दा ११ जना मानिसको वगेर मृत्यु हुनको साथै हज्जारौ विगाहह खेतीयोग्य जमिन वगाएर क्षति पुर्याएको झापा गाउँपालिका ७ का वार्डअध्यक्ष नेत्रप्रसाद उप्रेतीले बताए । स्थानीय नागरिकको समेत जनसहभागितामा माइखोलामा बाढीको जोखिमलाई मध्यनजर गरी जेसिबी प्रयोग गरेर नदीलाई बिच भागबाट पुरानै धारमा ल्याउने पहल भईरहेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले बताए ।

यता झापाका नदी नालामा पानीको सतह बढेपछि जिल्लाका नौ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् । जिल्लाको शिवसताक्षी, गौरादह, भद्रपुर नगरपालिका लगायत झापा, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गाँउपालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापती लोकराज ढकालले बताए । त्यस्तै, भद्रपुर नगरपालिकाको वडा नम्बर १ र २ तथा कनकाई नगरपालिकाका केही वडा बाढीको उच्च जोखिममा रहेको ढकालको भनाइ छ ।

जिल्ला विपत पुर्वतयारी प्रतिकार्य योजना अन्तर्गत बाढीबाट प्रभावित बनेकाको खोज, उद्धार तथा राहतका लागि आफुहरु तयारी अवस्थामा रहेको समेत रेडक्रस सभापति ढकालले बताउँनुभयो । झापामा २८ वटा साना ठुला नदी भएपनि ८ वटा नदीमा आउने बाढीबाट अधिकतम जोगिनुपर्ने सभापती ढकालले जानकारी दिए । बाढीको पुर्वानुमान अन्तर्गत मोबाइल फोनमा म्यासेज गर्ने, नदीमा पानीको बहावको अवस्था मापन गर्ने, बाढी आउने सम्भावना भए आवश्यक सतर्कता अपनाइने लगायातको तयारी विपत पुर्वतयारी समितिले गरेको छ । यसका लागि उद्धार टोली समेत तयारी अवस्थामा रहेको ढकालले जानकारी गराए ।