झापा गाउँपालिकामा बाढीको त्रास
झापा । कोरोनाको त्राससंगैे झापाको झापा गाउँपालिकामा बाढीको त्रास थपिएको छ । विगत केही दिनदेखि निरन्तर भएको वर्षातका कारण झापा गाउँपालिकाको वडा नं.–७ स्थित जनताको तटबन्धन बाढीले कटान तीब्र भएपछि स्थानीयमा त्रास बढेको छ । जनताको तटबन्ध अन्तरगतको बाँध तीब्र रुपमा कटान हुन थालेपछि सो क्षेत्र आसपासमा बसोबास गर्नेहरुमा त्रास बढेको हो ।
बाढीले कटान झापा गाउँपालिकाको मदरगाछ पश्चिम क्षेत्रमा रहेको बाँध कटान तीब्र भएसंगै सो क्षेत्रका स्थानीयमा त्रास बढेको स्थानीय काजी क्षेत्रीले बताए । उनका अनुसार मदरगाछको पश्चिमतर्फको बाँध बाढीले कटान गरेको हो । बाँध कटान तीब्र भएसंगै जोखिम बढेर गएपछि स्थानीयबासी, नेपाल प्रहरी र शसस्त्र प्रहरीसहितको टोलीले नियन्त्रणको प्रयास गरिरहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका हरिशरण खड्काले जानकारी दिएकाछन् । आज शुक्रबार पनि दिनभर परेको पानीका कारण झापाका अधिकतम क्षेत्र जलामय भएका छन् ।