शिव सेना नेपालको राँके जुलुस

चारआली । झापाको चारआलीमा शिव सेना नेपालले राँके जुलुस निकालेको छ । जिल्ला अध्यक्ष बद्री महतको संयोजकत्वमा निकालिएको राँके जुलुसमा राष्ट्रवादी युवा संघ झापाको पनि सहभागिता रहेको थियो । शिव सेनाको आयोजनामा बिहिबार साँझ ७ बजे निकालिएको जुलुसमा एमसीसी खारेज गर, राजा आउ देश बचाउ जस्ता नारा लगाइएको थियो ।

सो क्रममा प्रहरीले राँको खोस्न खोजेपनि असफल भएको थियो । एमसीसी राष्ट्र हित विपरीत भएको भन्दै शिव सेना नेपालले पछिल्लो क्रममा पुर्वका विभिन्न जिल्लामा राँके जुलुस निकालेर एमसीसीका विरुद्ध चर्को नारावाजी गर्दै आएको छ । त्यस्तै उसले आफ्ना सबै कार्यक्रममा राजा आउ देश बचाउको नारा पनि लगाउँदै आएको छ । एमसीसी कुनैपनि हालतमा स्विकार्य नहुने शिव सेना नेपालका सुरज कँडेलले प्रतिक्रिया दिएकाछन् । जुलुसमा झण्डै सय जनाको सहभागिता रहेको थियो ।