नेपालको जनसंख्या ३ करोड नाघ्यो

काठमाडौं । नेपालको जनसंख्या ३ करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार दिएको जानकारी अनुसार नेपालको जनसंख्या ३ करोड ६ सय ३४ पुगेको हो । हरेक दश वर्षमा नेपालको जनसंख्या एकिन सार्वजनिक गरिने गरिएको छ ।

वि.सं. २०६८ को जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । जसमध्ये पुरुषको संख्या १ करोड २८ लाख ४९ हजार ०४१ थियो भने महिलाको संख्या १ करोड ३६ हजार ४५ हजार ४६३ रहेको थियो । जनघनत्व १८० प्रति वर्ग किलोमिटर रहेको थियो । यस्तै, कुल परिवार संख्या ५४ लाख २७ हजार ३०२ रहेको थियो । भूगोलको हिसाबले सबैभन्दा बढी जनसंख्या तत्कालीन मध्यमाञ्चल विकास क्षेत्रमा थियो । जहाँ ९६ लाख ५६ हजार ९८५ थियो । दोस्रोमा पूर्वाञ्चल विकास क्षेत्रमा थियो । जहाँ ५८ लाख ११ हजार ५५५ जनसंख्या रहेको थियो । तोस्रोमा ४९ लाख २६, हजार ७६५ जनसंख्या रहँदै पश्चिमाञ्चल विकास क्षेत्र रहेको थियो । चाथौं स्थानमा मध्य पश्चिमाञ्चल विकास क्षेत्रमा ३५ लाख ४६ हजार ९८५ जनसंख्या रहेको थियो । पाँचौ स्थानमा भने सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेको थियो । जसको कुल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ रहेको थियो ।