झापामा थपिए ४ संक्रमित

भद्रपुर । कुबेत र भारतबाट आएका चार झापालीमा कोरोना संक्रमण देखिएको छ । जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार शुक्रवार दमक नगरपालिकाका २ जना पुरुष, १ जना महिला र मेचीनगरका एक पुरुषमा संक्रमण देखिएको हो ।

महिला कुबेतबाट फर्किएकी हुन् भने तीन जना पुरुष भारतबाट फर्किएका हुन् । यो सँगै झापामा संक्रमितको संख्या २ सय २१ पुगेको छ ।