अध्यक्षको उपस्थिति विन नै नीति तथा कार्यक्रम पारित

भद्रपुर । हुलदङ्गा पछि बिथलिएको झापाको हल्दिवारी गाउँपालिकाको गाउँसभा अध्यक्षको उपस्थिति विन नै बहुमत सदस्यद्वारा प्रस्तावित वजेट नीति तथा कार्यक्रम पारित गरिएको छ । गाउँ सभा चलिरहेको बेला केही अराज व्यक्तिहरूको समूहले आक्रमण गरेपछि गाउँपालिका अध्यक्ष सभा छोडेर बाहिरिए लगत्तै बहुमत सदस्यले उपाध्यक्षको नेतृत्वमा सभा सञ्चालन गरी प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको हो ।

यसबारे एक बिज्ञप्ति जारीगरी, अध्यक्षले चलिरहेको सभा बिर्सजन नगरी आक्रमणकारीको भेलालाई सम्बोधन गर्दै गाउँपालिकाबाट बाहिरिएपछि गाउँसभा सञ्चालन कार्यविधि २०७५ को दफा १६को उपदफा ५ अनुसार उपाध्यक्ष डम्बरबहादुर गिरीलाई सभाध्यक्ष बनाई प्रस्तावित वजेट नीति तथा कार्यक्रम पास गरेको जनाइएको छ ।

उपाध्यक्ष डम्बर गिरी सहित १८ जना जनप्रतिनिधिद्वारा हस्ताक्षरित विज्ञप्तिमा गाउँपालिकाको कार्यालयमा चलिरहेको गाउँ सभा विथोल्न आएका अराजक व्यक्तिको समूह गाउँपालिका अध्यक्ष रवीन्द्रकुमार लिङ्देनले ल्याएको आरोप समेत लगाइएको छ । सो विज्ञप्ति अनुसार गाउँपालिका अध्यक्षको सुनियोजित षड्यन्त्रमा ज्ञापनपत्र बुझाउने बाहनामा गाउँसभा बिथोल्न आक्रमण भएको उल्लेख छ ।

यता, अध्यक्ष लिङ्देनले, नेकपा निकटका सभा सदस्यले हातपात गरेकोे बताएकाछन् । उनले छातिमा दबाब परेकाले मेची अञ्चल अस्पतालमा उपचार पछि घर फर्किएको बताए । उनका अनुसार, उपाध्यक्ष डम्बर गिरीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट, नेकपा निकटका सभा सदस्य तत्काल पारित हुनु पर्ने, काँग्रेस र राप्रपा निकटका सभा सदस्यले थप छलफल हुनु पर्ने माग गरेपछि विवाद बढेको हो । विवाद बढेपछि असार २९ गते १ बजे समापन हुने गरी सभा स्थगित गर्न खोज्दा आफुमाथि हातपात भएको अध्यक्ष लिङ्देनले बताए ।

झापा ११ असार । झापाको माइपश्चिमस्थित दमक नगरपालिका, शिवसताक्षी नगरपालिका र कमल तथा गौरीगञ्ज गाँउपालिकाले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गरेका छन् ।

दमक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोड ३० लाख ३५ हजारको बजेट विनियोजन गरेको छ । सातौँ नगरसभाको उद्घाटनमा नगर उपप्रमुख गीता अधिकारीले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन । जसमध्ये चालुतर्पm रु ७७ करोड ७७ लाख ६५ हजार र पूँजीगततर्फ रु ५३ करोड ५२ लाख ७० हजार विनियोजन गरिएको उहाँले जानकारी दिइन । नगरपालिकाले कोरोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाइएको छ । कोरोना सङ्क्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा छुटसहित राहतका कार्यक्रमसमेत राखिएको छ । आगामी आर्थिक वर्षमा स्वरोजगार र उद्यमशीलतालाई समेत विकास गर्ने लक्ष्य राखिएको छ । लकडाउनका कारण ठप्प शैक्षिक गतिविधिलाई पनि चलयमान बनाउन बजेट केन्द्रित रहेको उपप्रमुख अधिकारीले बताइन ।

यसैगरी कमल गाउँपालिकाकोे सातौँ गाउँसभामा गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले आगामी आर्थिक वर्षका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएको नीति तथा कार्यक्रम प्रस्तुत गरिन । तत्पश्चात गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले आगामी आर्थिक वर्षका लागि रु ८१ करोड ८५ लाख ९१ हजार ७९९ को अनमानित आय–व्यय (बजेट) प्रस्तुत गरे । कार्यक्रममा, दुर्गा ढुङ्गेललाई सर्वोत्कृष्ट तथा दुर्गा कार्की, बाबुराम थुलुङ्, गौरीशङ्कर ओली र सुवास दाहाललाई उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत गरिएको हो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले गाउँसभाको उद्घाटन गर्दै,आगामी दुई वर्षभित्रमा यस क्षेत्रमा आधारभूत आवश्यकताको रुपमा रहेका पूर्वाधार निर्माणको काम पूरा गरिने बताए । तीन वर्षको अवधिमा कानून निर्माण, पूर्वाधार निर्माण तथा सेवा प्रवाहलाई प्राथमिकतामा राखेर काम गरिएको भन्दै अबको दुई वर्षमा बाँकी रहेका काम पूरा गर्ने उहाँको भनाइ थियो ।

गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले उद्घाटन गरेको छैटौँ गाउँसभामा उपाध्यक्ष दीपेन्द्र थापाले गत वर्षको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन पक्षलाई समेत समीक्षा गरी आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे ।

उपाध्यक्ष थापाले, आर्थिक बर्ष २०७७ । ०७८मो ‘कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, व्यापारमा उन्नति, पूर्वाधार विकाससहित गौरीगञ्जको समुन्नति’ भन्ने नारालाई निरन्तरता दिँदै त्यसअनुरुप नीति तथा कार्यक्रममा कृषि, स्वास्थ्य, शिक्षा, साना तथा मझौला उद्योग स्थापनामा जोड दिइएको बताए । प्रस्तुत नीति तथा कार्यक्रममा कृषिलाई आधुनिकरण, सामूहिक खेती, स्थानीय उत्पादनलाई प्रोत्साहन, व्यावसायिक पशुपंक्षीपालन, दीर्घकालीन भौतिक संरचना तथा शिक्षाको गुणस्तर बढाउन नमूना विद्यालयको विकास गर्ने, कोभिड–१९ को महामारीलाई नियन्त्रण र रोकथाम गर्ने, विपन्न परिवार तथा पशु विमालाई प्राथमिकता दिनेलगायत नीति तथा कार्यक्रममा समेटिएका छन् ।

यसैगरी, झापाको शिवसताक्षी नगरपालिकाले छैटौँ नगरसभाकोे प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरे । नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले नगरको चौतर्फी विकासमा नगरपालिकासँग प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताए ।

नगर उपप्रमुख भोजकुमारी नेपालले सभामा आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरिन । उनले आर्थिक वर्ष २०७७ । ०७८को नगर कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यका निमित्त चालु खर्च, पूँजीगत खर्च र वित्तीय समानीकरणको रकमसमेत गरी रु एक अर्ब एक करोड ७५ लाख ६५ हजार २७० को बजेट सार्वजनिक गरिन । उपप्रमुख नेपालले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नगरका विपन्न परिवार केन्द्रित छ । नगरभित्र रहेका घरका फुसका छाना हटाएर जस्तापाता लगाउनेदेखि लिएर विपन्नलाई सीप र रोजगार उपलब्ध गराई बेरोजगार समस्या समाधानसम्म गर्ने कार्यक्रम उल्लेख छ । कृषिलाई आधुनिकीकरण, सामूहिक खेती, व्यावसायिक खेती, यान्त्रिकीकरण र जैविक खेतीमा जोड, कृषिसँग सम्बन्धित घरेलु तथा मझौला उद्योगलाई प्रोत्साहन तथा स्थापनासमेत गरिने कार्यक्रममा जनाइएको छ ।

व्यावसायिक पशुपंक्षीपालनलाई प्रोत्साहन, कृषि तथा पशुजन्य खेतीमा हुने दैवी प्रकोपबाट हुने क्षतिलाई राहत कोषको स्थापना, कोभिड १९ नियन्त्रणलाई प्राथमिकता, विदेशबाट फर्किएकालाई कृषि, पशु तथा घरेलुु उद्योगमा प्रोत्साहन, पशु बीमा कार्यक्रम दीर्घकालीन भौतिक संरचना सडक, पुल, ढल, भवनमा जोड दिने, लक्षित वर्गलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि सारिने पनि नेपालले बताइन ।

नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा नगरसभा सम्पन्न भएको थियो ।