नेपालमा आज थपिए ४३४ जना कोरोना संक्रमित
काठमाडौँ । नेपालमा आज थप ४३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएसँगै नेपालमा कोरोना संक्रमित हुनेको कुल संख्या ११ हजार १६२ पुगेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले आज एकैदिन ४३४ जनाका कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । जसमा ३८६ जना पुरुष रहेका छन् भने ४८ जना महिला रहेका छन् ।
आज थपिएका कुल कोरोना संक्रमित मध्ये दश हजार २० पुरुष रहेका छन् भने एक हजार १४२ महिला रहेका छन् । उनका अनुसार आज भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म एक लाख ९९ हजार ७३७ र आरडीटी विधिबाट दुई लाख ७८ हजार ६३ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म क्वारेन्टाइनमा ७४ हजार २२ जना छन् भने आइसोलेसनमा राखेर आठ हजार ४८६ जनाको उपचार भइरहेको छ ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३१२ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २९३ जना पुरुष छन् भने १९ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म दुई हजार ६५० पुगेको छ । जसमध्ये दुई हजार ४२४ जना पुरुष र २१६ जना महिला रहेका छन् ।
कोरोना भाइरसको संक्रमण भएका थप दुई जना पुरुषको निधन भएको छ । योसमेत नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या २६ पुगेको छ