आज झापामा थपियो १ जना संक्रमित
भद्रपुर । आज झापाका १ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । बाह्रदशी गाउँपालिका वडा नम्बर १ का १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको हो । भारतको हैदरावादबाट फर्किएर स्थानीय क्वारेन्टिनमा बसेका युवामा संक्रमण देखिएपछि उपचारका लागि गोठगाउँ लगिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । यो सँगै झापाका २ सय १७ जना संक्रमित मध्ये आज फर्किएका २८ जना रहेका छन् ।