भद्रपुरमा साप्ताहिक हाटबजार बन्द

पसल बेलुका ४ बजेसम्म खोल्न पाइने, रहने

भद्रपुर । सरकारले लकडाउन खुकुलो बनाउँदै गएको छ । पहिलो चरणमा खुल्ने व्यवसायहरूलाई सञ्चालनमा ल्याउन भद्रपुर नगरपालिकाले सहजीकरण गर्न लागेको छ । जिल्ला स्तरीय कोरोना भाइरस उपचार, नियन्त्रण तथा रोकथाम समितिले गरेको निर्णय बमोजिम भद्रपुर नगरपालिकामा शुक्रवार बसेको बैठकले नगर क्षेत्रका पसल खोल्ने समय निर्धारण गरेको छ ।

नगर क्षेत्रका पसलहरू प्रत्येक दिन बिहान ७ देखि बेलुका ४ बजेसम्म पसल खोल्न पाउने नगरपालिकाले निर्णय गरेको हो । त्यस्तै साप्ताहिक हाटबजार, सार्वजनिक कार्यक्रम, विद्यालय तथा क्याम्पस अर्को सूचना नआउन्जेलसम्म सञ्चालन गर्न पाइने छैन ।