झापामा संक्रमितको संख्या एक सय ७३ पुग्योे

भद्रपुर । झापामा आज थप ४ जनामा कोरोना संक्रमितको संख्या बढेको छ । संक्रमित हुनेमा झापाको गौरीगंज गाउँपालिकामा ३ जनामा र शिवसताक्षी नगरपालिकामा एक रहेकाछन् ।

यो संगै गौरीगंजमा कोरोना संक्रमितको संख्या १५ पुगेको छ । जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । विराटनगर स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा थ्रोट स्वावको परीक्षण गर्दा ४१ जना मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । गौरीगंज गाउँपालिका वार्ड नं. ५ चिल्लाहारा घर भएका १७, २४, र २६ बर्षीय पुरूषहरूमा कारोना संक्रमण पुष्टि भएको जनाएको छ ।

भारतको लुधियानाबाट आई गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी माविको क्वारेन्टाइनमा रहेका मध्ये ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गौरीगंज स्वास्थ्य शाखाका प्रमुख रामचन्द्र मिश्रले जानकारी गराएका छन् । गौरीगंज आईपुगेका उनीहरूसहित ६६ जनाको जेठ २८ गते थ्रोट र स्वावको नमुना संकलन गरी परिक्षणका लागि विराटनगर पठाईएको थियो ।

यसैगरी झापाको शिवसताक्षीमा एक जना कोरोना संक्रमण पुष्टि भएको छ । शिवसताक्षीको झरना प्रा.वि.को कोरेन्टाइनमा रहेका १९ जना मध्ये एक जना महिलामा कोरोना पोजेटिभ देखिएको कोरेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ११ वडाध्यक्ष भैरवकुमार श्रेष्ठले जानकारी दिएका छन् । जेठ २८ गते उनी भारतको दिल्लीबाट शिवसताक्षीको कोरेन्टाइनमा आइपुगेकी नगरपालिकाले जनाएको छ । १९ जनाको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि विराटनगर जनस्वास्थ कार्यालयमा पठाइएकोमा एक जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ देखिएका उनलाई कारोना अस्पताल विराटनगर पठाउने तयारी भैरहेको नगरपालिकाले जनाएको छ । संक्रमित शिवसताक्षी नगरपालिका वडा नं. ११ की बताइएको छ