नेपालमा बिहीबार थपिए २५० जना कोरोना संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा २ सय ५० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेशवर गौतमका अनुसार नयाँ संक्रमितमध्ये २ सय ३० जना र पुरुष २० जना महिला रहेका छन् । गौतमका अनुसार,सुनसरीका ३ जना, रौतहटका ३ जना, बाराका ७ जना र धादिङका ७ जनामा संक्रमण देखिएको उनले बताए । यस्तै सर्लाहीका २ जना, रौतहटका १५ र महोत्तरीको ४ जनामा संक्रमण देखिएको छ । यस्तै सप्तरीका ९ जना, झापाका ३ जना, दाङका ८ जना, रोल्पाका १४ जना र बाँकेका १३ जनामा संक्रमण पोजेटिभ देखिएको छ । यस्तै दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका १ जना, प्युठानका ७ र रुपन्देहीका २९ जनामा संक्रमण देखिएको प्रवक्ता गौतमले बताए । कैलालीका ७, बाजुरा १८ जना र बझाङका २ तथा पश्चिम नवलपरासीका ६ जना र कपिलवस्तुका १ र रौतहटका ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्म १५ पुगेको छ । बिहीबार १ सय ८७ गरी अहिलेसम्म जम्मा ८ सय ६१ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। बिहीबारसम्म पीसीआर विधिबाट १ लाख १५ हजार ९ सय ३० र आरडिटी विधिबाट १ लाख ७८ हजार १ सय ४३ वटा परीक्षण भएका छन् । गत २४ घण्टामा पीसीआर विधिबाट ५ हजार १ सय ९४ र आरडिटी विधिबाट ५ हजार २ सय ६३ वटा नमुना परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । अहिले देशभरका विभिन्न आइसोलेसनमा ३ हजार ७ सय ३८ जना उपचाररत रहेका छन्। देशभर १ लाख ६२ हजार १३ जना क्वारेन्टाइनमा रहेका छन् ।