झापामा ३० जना करोना मुक्त, ३ जना संक्रमित
योसंगै झापामा कोरोना संक्रमितको संख्या एक सय ५६ पुगेको छ ।
भद्रपुर । झापामा आज थप तीनजना संक्रमित भएका पुष्टि भएको छ । संक्रमित हुने तीनजना कचनाकवल गाउँपालिका वडा एक र ४ का २०, २६ र २७ बर्षीय पुरुष रहेका फोकल पर्सन जीवन चौलागाइले बताएकाछन् । योसंगै झापामा संक्रमितको संख्या १५६ पुगेको छ ।
यसैगरी आज कोरोना मुक्त भएर झापाका ३० जना घर पर्किएकाछन् । यसरी कोरोना मुक्त भएर घर फर्किनेमा कचनकवलका २७ जना , गौरीगंजका २ र भद्रपुरका एक रहेका चौलागाइले जनाएछन् ।