सिल गरिएको कचनकवलमा चोरको बिगबिगी

कचनकवल । कचनकवल गाउँपालिका २ पथरिया, पुरानो बजार स्थित राजन यादवको विद्युतीय उपकरणको दोकानमा चोरी भएको छ । शुक्रबार राती १२ बजे देखि बिहान ८ बजे बिचमा करिब ३ लाख नेपाली रुपैया बराबरको चोरी भएको पिडित यादवले बताएका छन् ।

पिडित यादवका अनुसार उनको सटरको चावी फुटाइ दुई ल्यापटप, करिब २२ थान मोबाइल, करिब ६० हजार बराबरको घडी, २० हजार बराबरको मोबाइल ब्याट्री, चार्जर, अन्य टर्च लगायतका विद्युतीय उपकरण साथै नगद १६ हजार चोरी भएको हो । यस गाउँपालिकामा बिगत केही हफ्ता देखि चोरीका घटना बढ्न थालेका छन, केही हफ्ता अघि घेराबारिमा एक हल रागा सहित भैंसी पनि चोरी भएको थियो जस्मा भैंसी भारत नेपाल सीमाबाट फिर्ता ल्याइएको थियो ।

सिल गरिएको गाउँ पालिकामा पर्याप्त सुरक्षाकर्मी नहुनु, मानिसमा कोरोना त्रास उत्तिकै बढिरहेको यो अवस्थामा चोरीको घटना दिनानुदिन थपिनुले स्थानीय चिन्तित भएका छन् । एक त भारतसंगको सिमाना अनि कोरोनाको बढ्दो प्रकोप अनि अब चोरीको घटना, यो असहजताबाट उम्कन सबै चनाखो रहनु पर्ने स्थानिय बासी पवन कुमार लामिछने बताउछन् ।