कोरोना परीक्षण : संक्रमितको संख्या कहाँ कति ?

काठमाडौं । देशभर आजसम्म कुल साढे ८१ हजार बढी कोरोना परीक्षण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‍र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६० हजार ३ सय १९ र पीसीआर विधिमार्फत २१ हजार ३ सय ४० वटा गरी ८१ हजार ६ सय ५९वटा परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा दुवै विधिमार्फत गरी ३ हजार ४९ वटा परीक्षण गरिएको जानकारी दिएका छन् । तीमध्ये २ हजार ३ सय ५७ पीसीआरविधिमार्फत र ६ सय ९२ वटा आरडिटी विधिमार्फत जाँच गरिएको हो ।

बुधबारसम्म आरडिटी विधिमार्फत भएका परीक्षणको संख्याको प्रादेशिक विवरण यस प्रकार छ ।

प्रदेश नम्बर १ मा ८ हजार ३ सय २०, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ३७, बागमती प्रदेशमा ९ हजार ३ सय ६३, गण्डकी प्रदेशमा ६ हजार ५ सय २६, प्रदेश नम्बर ५ मा ७ हजार २ सय २१ कर्णाली प्रदेशमा ७ हजार २ सय २९, सुदूरपश्चिम प्रदेशमा १५ हजार ७ सय २३ । अपडेटअनुसार क्वारेन्टाइनमा बस्नेहरूको कुल संख्या १४ हजार ३ सय १३ जना छ । प्रदेश नम्बर १ मा ९ सय ५९ जना, प्रदेश नम्बर २ मा १ हजार ५ सय ७४ जना, बागमती प्रदेशमा १ सय १ जना, गण्डकी प्रदेशमा २ सय ७९ जना, प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८९ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ६३ जना, सुदूरपश्चिम प्रदेशमा २ हजार ८ सय ४८ जना,

मन्त्रालयका अनुसार हालसम्म २ सय ४५ संम्भावित संक्रमित र संक्रमित आइसोलेसनमा रहेका छन् । तीमध्ये ६ जना काठमाडौंउपत्यकामा र काठमाडौंबाहिर २३९ जना छन् । प्रदेश नम्बर १ मा २१ जना, प्रदेश नम्बर २ मा ९८ जना, बागमती प्रदेशमा २५ जना, प्रदेश नम्बर ५ मा १ सय १ जना ।

हालसम्म नेपालमा फेला परेका कोरोना संक्रमितको संख्या २१९ पुगेको छ । तीमध्ये १७६ जना पुरुष र ४३ जना महिला रहेका छन् । प्रादेशिक विवरण ः— प्रदेश नम्बर १ मा ३५ जना, प्रदेश नम्बर २ मा ९६ जना, बागमती प्रदेशमा ९ जना, गण्डकी प्रदेशमा २ जना, प्रदेश नम्बर ५ मा ७२ जना, सुदूरपश्चिम प्रदेशमा ५ जना ।