दमक २ का ५५ परिवारलाई खाद्यान्न वितरण

दमक । दमक २ का अतिविपन्न ५५ परिवारलाई खाद्यान्न राहत प्रदान गरिएको छ । दमकका युवा व्यक्तित्व डेविट शाही ठकुरीको अगुवाईमा वडाका विपन्न परिवारलाई खाद्यान्न राहत वितरण गरेका हुन् । संकलित खाद्यान्न राहत मंगलवार एक कार्यक्रमका बीच सामाजिक दुरी कायम गरि वितरण गरिएको ठकुरीले वताएका छन् । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस निइनत्रणका लागि गरिएको बन्दाबन्दीका कारण खाद्यान्न अभाव झेलिआएका अतिविपन्न परिवारलाई ८ केजी चामल, एक केजी नुन,एक केजी दाल, एक केजी चिनी, एक केजी चिउरा,आधा लिटर खानेतेल,सावुन लगायतका खाद्य सामाग्री वितरण गरिएको हो ।

ठकुरीका अनुसार सो राहतका लागि जापानमा बस्दैआएका दिपेश पौडेलसहित स्थानीय व्यवसायीहरु रुद्र कार्की , सचिन शाक्य, भगवान बस्नेत,सत्यनारायण चौधरी, छत्र डाँगी ,रामचन्द्र अधिकारी, मनोज कुमार धिमाललगायतले सहयोग पुरयाँएका थिए ।