ई प्र का अनारमनीलाइ डिसइन्फेक्स्न बुथ प्रदान
बिर्तामोड । सरकारले उचित प्रबन्ध गर्न नसकिरहेको अवस्थामा राउन्ड टेबल बिर्तामोड २७ झापाले प्रहरीहरुलाई कोरोनाको जोखिमबाट बच्नका निम्ति करिब ५५ हजारको लागतमा तयार गरिएको डिसइन्फेक्स्न बुथ प्रदान गरेको छ । राउन्ड टेबल बिर्तामोड २७ ले उक्त डिसइन्फेक्स्न बुथ ईलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडलाई हस्तान्तरण गरेको छ । सस्थाका सदस्य दिपक मित्तलका अनुसार २० दिनसम्म पुग्ने उक्त डिसइन्फेक्स्न बुथ उपलब्ध गरएको र यस्ले मानिसको शरीरमा कुनै हानी नपुर्याउने बताए ।
इलाका प्रहरी कार्यालय बिर्तामोड का डि एस पि मुकुन्द रिजालले उक्त डिसएन्फेक्सन बुथको उदघाटन गरेका थिए । बीस दिनसम्मका लागि चाहिने आवश्यक केमिकल प्रदान गरिने सस्थाका अध्यक्ष सुमित मङ्गलले बताए । सामाजिक कार्यमा सकृय राउन्ड टेबल बिर्तामोडले भोलिका दिन मा पनि आवस्यक परेको खन्डमा यी खालका सहयोग गर्ने सस्थाका सदस्य मिजास पोख्रेलले बताए ।
यस अघि कोरोना भाइरसको महामारी फैलिरहेको बेला भद्रपुर स्थित जिल्ला कारागार झापालाई कारागारका कैदी बन्दिहरुको स्वास्थ्यलाइ ध्यानमा राख्दै प्राथमिक उपचारका लागि चाहिने औषधि र सर्जिकल सामाग्रीहरु समेत बितरण गरिएको थियो । साथै बिर्तामोड तीन स्थित बिराटपोखरका अति बिपन्न बर्गका मानिसहरुलाइ खाध्यान्न समाग्री बितरण गरेको यस संस्थाका सचिव सुमित साहेवालले बताए ।