लकडाउन जेठ ५ गतेसम्म लम्बियो

काठमाडौँ । सरकारले चैत ११ गतेबाट सुरु भएको लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिमा जोखिमका आधारमा ७७ जिल्लालाई रेड, एलो र गृन जोनमा विभाजन गर्ने त्यसै अनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेस गरेपनि प्रधानमन्त्रीले अस्वीकार गर्दा देशभर लकडाउन निरन्तरता पाउने भएको छ ।