बाबुराम भट्टराईले लेखे : ओली सरकार लोकतन्त्रको हत्यारा हो
झापा । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री के पी ओलीले लोकतन्त्र बिरूद्ध गम्भीर अपराध गरेको आरोप लगाएका छन् ।
ट्वीट गर्दै डा. भट्टराईले पार्टी पुुटाउने अध्यादेश जारी गरेर प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गर्ने अपराध गरेको आरोप लगाएका हुन् ।

उनले लेखेका छन् “सम्पूर्ण देश एकढिक्का भएर केरोनाबिरूद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नु ओली सरकार सुध्रनै नसक्ने गरी रसातलतिर भासिएको प्रमाण हो ।
जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भए पनि यो लोकन्त्र बिरूद्ध गम्भीर अपराध हो । देश थप संकटमा फस्दैछ ! लोकतन्त्रका हत्यारादेखि सावधान !”
प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक दल बिभाजन सम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट परित भएपछि आज नेकपा भित्र मात्र होइन, राजनीतिक वृतमा एकाएक तरङ्ग उत्पन्न भएको छ ।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई सुइको नदिइ मन्त्रिपरिषदमा अध्यादेश ल्याएपछि नेकपामा भूइँचालो गएको छ ।
कोरोना भाइरसको महामारीसँग संसार नै संर्घषरत् भएका बेला प्रधानमन्त्रीले एकाएक यो राजनीतिक दल फु्टाउने प्रावधानमा संशोधन प्रस्ताव ल्याउने कारण के हुन सक्छ ? भन्ने गम्भीर प्रश्नले देश नै तरङ्गित भएको ।